Sunday, June 08, 2025

२०८२ जेष्ठ २६, आईतवार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

विमानस्थलमा रहेका १३ वटा प्याकेटमा भेटिएन सुन


विमानस्थलमा रहेका १३ वटा प्याकेटमा भेटिएन सुन

काठमाडौं । तस्करीको सुनसँगै क्याथे प्यासेफिकको विमानबाट आएका बाँकी प्याकेजमा सुन हुन सक्ने आशङ्कासहित राजस्व अनुसन्धान विभागले विमानस्थलमा पुनः अनुसन्धान गरेको थियो। ती प्याकेटमा सुन भने फेला नपरेको विभागले जनाएको छ। करिब सय क्विन्टल सुन भित्राएको कम्पनी रेडी प्रालि काठमाडौंले नै मगाएको उक्त प्याकेटमा सुन रहेको आशङ्कासहित विभागको टोली विमानस्थल पुगेर विशेष अनुसन्धान गरेको थियो। अप्रेसनमा रहनुभएका भन्सार विभागका महानिर्देशक शोभाकान्त पौडेलका अनुसार विमानबाट आएका अन्य प्याकेटमा सुन नभेटिएको हो।

महानिर्देशक पौडेलले भन्ने, “क्याथे प्यासेफिकको विमानबाट ३६ वटा प्याकेट आएका थिए। १३ वटा प्याकेट बाँकी थिए। ती प्याकेट खोलेर हेर्दा सुन फेला परेन,अन्य सामानहरू थिए।” विमानस्थलबाट जाँचपास भइसकेपछि बुधबार राति बरामद भएको सुन नेपाल राष्ट्र बैङ्क मुद्रा व्यवस्थापन विभाग टक्सार महाशाखामा जोख्न पुर्‍याइएको छ।

राजस्व अनुसन्धान विभागले बुधबार राति सिनामङ्गलबाट करिब एक सय किलो सुन बरामद गरेको थियो। सो सुन जोख्न पुलचोकस्थित राजस्व अनुसन्धान विभागबाट आठ वटा बाकसमा बबरमहल ल्याइएको हो। मोटरसाइकल र स्कुटरको ब्रेक-सु, दाह्री काट्ने रेजरको साथमा लुकाएर हङकङबाट तस्करी गरिएको उक्त सुन विमानस्थलस्थित भन्सार कार्यालय अगाडिबाट ट्याक्सीमा लैजान लाग्दा बरामद गरिएको थियो। सो प्रकरणमा हालसम्म छ जना पक्राउ परिसकेका छन्। यसैगरी, उक्त सुन जाँचपास भएको सम्बन्धमा छानबिन गर्न भन्सार विभागले ६ सदस्यीय छानबिन समितिसमेत गठन गरिसकेको छ। साथै सुन बाहिर ल्याउन प्रयोग गरिएको ट्याक्सी र त्यसका चालकलगायतलाई पक्राउ गरी अनुसन्धान अघि बढाइएको छ।