Sunday, June 01, 2025

२०८२ जेष्ठ १९, आईतवार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

हिमालको पानी खाडीमा बेच्ने व्यवस्था गर्न निजी क्षेत्रको माग, नेपालबाट दैनिक १२ भन्दा धेरै उडान मध्यपूर्व


हिमालको पानी खाडीमा बेच्ने व्यवस्था गर्न निजी क्षेत्रको माग, नेपालबाट दैनिक १२ भन्दा धेरै उडान मध्यपूर्व

काठमाडौं । आउँदो आर्थिक वर्ष २०८२/८३ को बजेटको तयारीमा लागेको सरकारलाई निजी क्षेत्रले खाडीमा हिमालको पानी बेच्ने व्यवस्था गर्न माग गरेको गरेको छ ।

नेपाल उद्योग वाणिज्य महासङ्घले बजेटमा राख्ने कार्यक्रम सरकारलाई सिफारिश गर्दै खेतदेखि खाडीसम्म कार्यक्रम चलाएर यो व्यवस्था गर्न माग गरेको हो । महासङ्घका अनुसार सरकारले आउँदो बजेटमा यो कार्यक्रम राखेर नेपाली कृषि उत्पादन र पानी खाडीमा विस्तार गर्नुपर्छ ।

हिमालयको पानीको खाडी देशमा अत्यधिक माग छ । नेपालबाट दैनिक १२ भन्दा धेरै उडान मध्यपूर्व जाने गरेका छन् । यी जहाजमार्फत कृषि उत्पादन निर्यात गर्न विमानस्थलमा कोल्ड स्टोरेज, एक्स रे–मेशिन र वेयर हाउस सुविधा उपलब्ध गराइनुपर्ने निजी क्षेत्रको सुझाव छ ।

अहिले पनि नेपालबाट विभिन्न देशमा पानी निर्यात हुँदै आएको छ । नेपालबाट मिनरल वाटर, हिउँ पग्लिएको पानी र सुगर एडेड वाटर गरी तीन प्रकारका पानी विदेश निर्यात हुने गरेको छ । नेपालको पानी चीन र जापानमा निर्यात हुँदै आएको छ ।

भन्सार विभागको पछिल्लो तथ्याङ्कानुसार आर्थिक वर्ष २०८१/८२ को पहिलो नौ महिनामा पानीका विभिन्न उत्पादनहरू चीन, जापान र हङकङजस्ता प्रमुख बजारमा निर्यात भएको छ । यसले नेपाली पानीका उत्पादनहरूको अन्तर्राष्ट्रिय माग बढ्दै गएको स्पष्ट सङ्केत गरेको महासङ्घको भनाइ छ ।