Sunday, June 01, 2025

२०८२ जेष्ठ १९, आईतवार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

गण्डकी सरकारद्वारा ‘उज्यालो गण्डकी’ अभियान संचालन


गण्डकी सरकारद्वारा ‘उज्यालो गण्डकी’ अभियान संचालन

गण्डकी । गण्डकी प्रदेश सरकारले आधारभूत विद्युत् सुविधामा सबै नागरिकको पहुँच सुनिश्चितताका लागि ‘उज्यालो गण्डकी’ अभियान संचालन गरेको छ।

ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्रालयले चालु आर्थिक वर्षमा ‘उज्यालो गण्डकी’ घोषणा गर्ने तयारी भए पनि शून्य दशमलव पाँच प्रतिशत घर अझै बिजुलीको पहुँचबाहिर रहेका बताएको छ।

नवलपुरको बौँदीकाली, बुलिङटार र तनहुँको देवघाट क्षेत्रमा विद्युत् सेवा विस्तारको काम बाँकी रहेको मन्त्रालयका इञ्जिनीयर जीवन श्रेष्ठले जानकारी दिए।

“नवलपुरमा विद्युतीकरणका लागि नेपाल विद्युत् प्राधिकरणले जिम्मा लिएको छ, प्रदेशले बजेट पनि उपलब्ध गराइसकेको छ”, उनले भने, “प्राधिकरणले काममा ढिलाइ गरेकाले चालु आवमा ‘उज्यालो गण्डकी’ घोषणा हुन सकेन, तनहुँमा पनि प्राधिकरणले आफ्नै आयोजनाबाट तीन सय ७० घरमा विद्युत् सेवा पुर्‍याउन बाँकी छ।”

आगामी भदौभित्र दुवै जिल्लामा बाँकी रहेका घरमा विद्युत् सुविधाको पहुँच सुनिश्चितता भएपछि ‘उज्यालो गण्डकी’ घोषणा गरिने ऊर्जा शाखा प्रमुख श्रेष्ठले जनाए। बर्सेनि सरकारको नीति, कार्यक्रम र बजेटमा समेटिँदै आएको ‘उज्यालो गण्डकी’ को लक्ष्य आगामी आवभित्रमा हासिल हुने मन्त्रालयको दाबी छ।