Wednesday, June 04, 2025

२०८२ जेष्ठ २२, बुधबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

घट्यो ६ सय रुपैयाँ सुनको मूल्य


घट्यो ६ सय रुपैयाँ सुनको मूल्य

काठमाडौं, नेपाली बजारमा सुनको मूल्य घट्ने क्रमले मंगलबार पनि निरन्तरता दिएको छ। गत मंगलबारदेखि घट्ने क्रममा रहेको सुनको भाउले यस दिन पनि निरन्तरता रहेको हो।मंगलबार प्रतितोला ४ सय रुपैयाँ, बुधबार प्रतितोला ८ सय रुपैयाँ, बिहीबार प्रतितोला १ हजार ४ सय रुपैयाँ, शुक्रबार प्रतितोला ८ सय रुपैयाँ, आइतबार प्रतितोला ८ सय रुपैयाँ, सोमबार प्रतितोला १ सय रुपैयाँ र मंगलबार प्रतितोला १ हजार ३ सय रुपैयाँ गरी सात दिनमा सुनको भाउ प्रतितोला पाँच हजार छ सय रुपैयाँ घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ६ हजार ६ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख ६ हजार एक १ रुपैयाँमा कारोबार भइरहेको छ। सोमबार छापावाल सुन प्रतितोला १ लाख ७ हजार ९ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख ७ हजार चार सय रुपैयाँमा कारोबार भएको थियो। त्यसैगरी, मंगलबार चाँदीको मूल्य पनि घटेको छ। आज चाँदी प्रतितोला १३ सय १० रुपैयाँमा कारोबार भइरहेको छ।सोमबार चाँदी प्रतितोला १३ सय ४० रुपैयाँमा कारोबार भएको थियो। सोमबारको तुलनामा मंगलबार चाँदी प्रतितोला ३० रुपैयाँ घटेको हो।