Saturday, June 07, 2025

२०८२ जेष्ठ २५, शनिबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

मिड सोलु हाइड्रोपावर लिमिटेडको आइपीओ बाँडफाँट,कति जनाले हात पारे?


मिड सोलु हाइड्रोपावर लिमिटेडको आइपीओ बाँडफाँट,कति जनाले हात पारे?

काठमाडौं, मिड सोलु हाइड्रोपावर लिमिटेडको आइपीओ बाँडफाँट भएको छ। एनआइसी एशिया क्यापिटलको कार्यालयमा भएको बाँडफाँटमा ६२ हजार ११७ जना आवेदकले १० कित्ताका शेयर पाएका छन्। कम्पनीको आइपीओमा कुल १२ लाख ८२ हजार ८१९ जनाको आवेदन सदर भएकोमा १२ लाख २० हजार ७०२ जना आवेदकको हात खाली भएको छ।

१० कित्ताका दरले बाँडेर बाँकी रहेको २ कित्ता शेयर भने दुई जना आवेदकलाई गोलाप्रथाबाट एक एक कित्ता थप गरी ११ कित्ता शेयर बाँडफाँट गरिएको छ। कम्पनीको आइपीओमा मागभन्दा २२.५५ गुणा बढी आवेदन परेको थियो।कम्पनीले ६ लाख २१ हजार १ सय ७२ कित्ता शेयरका लागि आवेदन माग गरेको थियो ।