Monday, June 02, 2025

२०८२ जेष्ठ २०, सोमबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

नेप्से परिसूचक १३.६२ अंकले घटेर २ हजार ८ सय ७६.६६ विन्दुमा


नेप्से परिसूचक १३.६२ अंकले घटेर २ हजार ८ सय ७६.६६ विन्दुमा

काठमाडौँ । सेयर कारोबार मापक नेप्से परिसूचक १३.६२ अंकले घटेर २ हजार ८ सय ७६.६६ विन्दुमा ओर्लेको छ । अघिल्लो दिनको तुलनामा यो ०.४७ प्रतिशतले घटेको हो । अघिल्ला दुई दिन (आइतबार र बिहीबार) उच्च अंकले बढेको नेप्से सोमबार दोहोरो अंकले घटेको हो । यसरी घट्नुलाई विज्ञहरुले ुकरेक्सनुका रुपमा लिएका छन् ।


उक्त दिन कारोबारमा आएकामध्ये ५१ वटा कम्पनीको सेयरमूल्य बढ्यो, १८७ वटाको घट्यो भने बाँकी ६ वटा कम्पनीको स्थिर रह्यो । १ लाख ३९ हजार ५ सय ५५ पटकको कारोबारमा ३ करोड १२ लाख ४१ हजार २ सय ५८ कित्ता सेयर किनबेच भए । ती किनबेचमा करिब १४ अर्ब २८ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । आइतबारको तुलनामा कारोबार रकम बढेको हो ।

मंगलबार कारोबारमा आएकामध्ये १३ उपसमूहमध्ये जीवन बिमा, उत्पादन तथा प्रशोधन, सामुहिक लगानी कोष, निर्जीवन बिमा र अन्यको परिसूचक बढे । बाँकी उपसमूहको परिसूचक घटे ।