Saturday, June 07, 2025

२०८२ जेष्ठ २५, शनिबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

bdmh4567@gmail.com

लघुवित्त वित्तीय संस्थाहरु बन्द गर्न पाल्पामा प्रदर्शन


लघुवित्त वित्तीय संस्थाहरु बन्द गर्न पाल्पामा प्रदर्शन

पाल्पामा बिनाधितो ऋण दिने प्रलोभनमा आर्थिक शोषण गरेको भन्दै लघुवित्त विडितहरुले वित्तीय संस्थाहरुको ज्यादती विरुद्धमा प्रदर्शन गरेका छन् ।

पाल्पाका विभिन्न स्थानबाट भेला भएका लघुवित्त वित्तीय संस्थाका पीडितहरुले नवसामान्तीका रुपमा स्थापित लघुवित्त वित्तीय संस्था खारेज हुनुपर्ने, लघुवित्त वित्तीय संस्थाहरुबाट लगाइएको सामूहिक ऋण मिनाहा गर्नुपर्ने, आम गरिब जनतालाई ब्याज अनुदानमा ऋण प्रदान गर्नुपर्ने माग राखेका थिए । उनीहरुले आवश्यकता र क्षमतामा आधारित काम को व्यवस्था गर्नुपर्ने लगायतका माग राखेर प्रदर्शन गरेका हुन् ।

तानसेनको टुँडिखेलबाट सुरु भएको प्रदर्शन बजारका विभिन्न स्थानमा परिक्रमा गरेर जिल्ला प्रशासन कार्यालय अगाडि कोणसभा गरेका थिए । लघुवित्तीय संस्थाले केन्द्र कोषको नाममा जम्मा गरेको पाँच रुपैयाँ दरले जम्मा गरेको रकम र बचत फिर्ता गर्नुपर्ने, ३३ लाख भन्दा माथिका ऋणीहरलाई पुर्नकर्जा, १३ महिना अघि काटिएको एक किस्ता बराबरको रकम साथै चक्रवर्ती ब्याजमा असुलेको हिसाबकिताब तूरुन्त फिर्ता गर्नुपर्ने लघुवित्त पीडितहरुको माग छ । लघुवित्त वित्तीय संस्थाले विभिन्न प्रलोभन देखाई महिलालाई समूह गठन गर्ने र आर्थिक शोषण गर्दै आएकाले आगामी दिनमा लघुवित्त जनताका लागि आवश्यक नभएको आरोप उनीहरुको छ ।

पाल्पाको निस्दी, माथागढी, तानसेन नगरपालिका, बगनासकाली, तिनाउ लगायतका स्थानबाट लघुवित्त पीडित भेला भएका थिए ।