Tuesday, June 17, 2025

२०८२ असार ३, मंगलवार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

bdmh4567@gmail.com

दसैँ, तिहारमा खाद्यान्नको अभाव हुन नदिन सरकारलाई आग्रह


दसैँ, तिहारमा खाद्यान्नको अभाव हुन नदिन सरकारलाई आग्रह

काठमाडौं, भदौ ३१ । संसदीय समितिले चिनी, चामल, गहुँलगायतका अति आवश्यकीय खाद्यवस्तुको अभाव हुन नदिन सरकारलाई माग गरेको छ । संघीय संसद प्रतिनिधिसभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको आइतबार सिंहदरबारमा बसेको बैठकले दसैँ, तिहार जस्ता चाडपर्वलाई ध्यानमा राखेर अति आवश्यक खाद्य वस्तुहरुको अभाव हुन नदिन सरकारलाई माग गरेको हो ।

त्यसैगरी बैठकले अति आवश्यकीय खाद्य वस्तुहरुको बिक्री वितरण शुलभ मूल्यमा पनि गर्न सरकारलाई सचेत गराइएको समितिका सभापति अब्दुल खानले बताए। समितिले बजारको माग अनुसार मूल्य अभिवृद्धि करमा पूरै छुट हुनेगरी अति आवश्यकीय खाद्य वस्तुको आयात गर्ने उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको माग सम्बोधन हुनेगरी तत्काल सहमति दिन पनि अर्थ मन्त्रालयको ध्यानाकर्षण गराएको छ।

त्यसैगरी समितिले दसैँ, तिहार, छठजस्ता चाडपर्वलाई लक्षित गरेर बजार अनुगमनका लागि सभापति खानको नेतृत्वको ४ सदस्यीय समिति पनि बनाउने भएको छ । उपभोक्ताहरुलाई चाडपर्वको बेला खाद्य वस्तुको अभाव हुन नदिन र कालोबजारी नियन्त्रण गर्न पनि सो समिति बनाउने निर्णय गरिएको सभापति खानले बताए । 

बैठकमा समितिका सदस्यहरुले चाडपर्वका बेला आम उपभोक्तालाई सहज र सुलभ ढंगले अति आवश्यकीय वस्तुहरुको व्यवस्था मिलाउन सरकारलाई सचेत गराएका थिए । समितिकी सदस्य रमा कोइराला पौड्यालले सरोकारवाला सबै निकायले चाडपर्वका बेला जनतालाई सुलभ र सहज ढंगले आवश्यक वस्तुहरुको व्यवस्था मिलाउने काममा लाग्नुपर्ने आवश्यक्ता औँल्याइन् ।कोइरालाले सरकारले चाडबाडका बेला नागरिकलाई सुभल मूल्य वस्तुहरुको आवश्यक व्यवस्था मिलाउन भन्सार छुट गर्नुपर्ने बताए ।