काठमाडौं । टिकट काटेर पनि खेल हेर्न नपाएपछि त्रिवि खेल मैदान बाहिर नाराबाजी लगाएका छन् ।
अहिले भईरहेको नेपाल प्रिमियर लिग (एनपीएल) खेल मैदान बाहिर टिकट काटेर पनि भित्र पस्न नपाएको र गेटबाट छिर्न नदिएको भन्दै केही दर्शकहरुले गुनासो पोखेका छन् ।
दर्शकहरूमाथि भीड बढेको भन्दै पुलिस लगाएर लाठी चार्ज गरिएको उनीहरुले बताए । दर्शकहरूले आफूहरूले टिकट काटिसकेकाले खेल हेर्न पाउनु पर्ने भन्दै नाराबाजी गरेका छन् ।
त्रिविस्थित खेल मैदानमा एनपिएल हेर्न पुगेका केही दर्शकहरु खेल हेर्न नपाएकोमा निराश भएर फर्केका छन् ।