Tuesday, June 10, 2025

२०८२ जेष्ठ २८, मंगलवार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

bdmh4567@gmail.com

कामपा १६ मा रास्वपाकी रोजिना श्रेष्ठ विजयी


कामपा १६ मा रास्वपाकी रोजिना श्रेष्ठ विजयी

काठमाडौं । काठमाडौँ महानगरपालिका वडा नम्बर १६ को वडाध्यक्षमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की रोजिना श्रेष्ठ विजयी भएकी छन् । निर्वाचन आयोगका अनुसार उनले एक हजार ५८४ मत प्राप्त गरिन । प्रतिद्वन्द्वी नेपाली काँग्रेसका देवेन्द्र पाठकले एक हजार ३०४ मत प्राप्त गरे । उता नेकपा (एमाले) का लक्ष्मी रत्न तुलाधरले एक हजार ११८ मत प्राप्त गरे । स्थानीय तहमा यो रास्वपाको पहिलो जीत हो । यस अघि यस क्षेत्रमा काँग्रेस विजयी भएको थियो । काङ्ग्रेसबाट निर्वाचित मुकुन्द रिजालको निधन भएपछि यहाँ उपनिर्वाचन भएको हो ।