काठमाडौं । बससेवाले यस वर्षको दशैंका लागि बस टिकट बुकिङ खुला गरेको छ। अब यात्रुहरूले बससेवाको मोबाइल एप वा bussewa.com वेबसाइटमा गएर नेपालका ७० भन्दा बढी जिल्लाका लागि सहजै बस र हवाईजहाजको टिकट काट्न सक्नेछन्।
बससेवाका प्रमुख कार्यकारी अधिकृत पीआर खनालका अनुसार कम्पनीले भदौ १५ गतेदेखि नै आंशिक रूपमा टिकट बुकिङ खुला गरिसकेको थियो। बससेवाको मोबाइल एप र वेबसाइटबाट हवाई टिकट काट्ने यात्रुले प्रत्येक टिकटमा ५ सय रुपैयाँसम्म क्यास ब्याक पाउनेछन्। यो अफर मंसिर महिनासम्म रहनेछ। यात्रुहरूले नेपालभरका सबै हवाई उडान हुने गन्तव्यका लागि टिकट लिन सक्नेछन्।