Wednesday, June 04, 2025

२०८२ जेष्ठ २२, बुधबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

धनकुटामन प्रक्रिया पूरा नगरेका गर्ने १७ सहकारी खारेज


धनकुटामन प्रक्रिया पूरा नगरेका गर्ने १७ सहकारी खारेज

काठमाडौं, भदौ १५ । धनकुटा नगरपालिकाले सहकारीको प्रक्रिया पूरा नगरेका गर्ने १७ सहकारी खारेज गरेको छ । जसमा सबैभन्दा बढी कृषि सहकारी परेका छन् । खारेज हुनेमा दुग्ध सङ्कलन र विद्युत् सहकारी एक एक वटा छन् ।

धनकुटा नगरपालिकाको सहकारी ऐन २०७५ अन्तर्गत वर्षेनी आर्थिक वर्ष समाप्त भएको ६ महिनाभित्र साधारण सभा गर्नुपर्ने, तीन महिनाभित्र लेखा परीक्षण गर्नुपर्ने र विवरण कार्यलयमा बुझाउनुपर्ने भए पनि ४ वर्षदेखि यी प्रक्रिया पूरा नगरेको तथा पटकपटक सूचना गर्दासमेत सम्पर्कमा नआएकाले कानुन बमोजिम खारेज गरिएको नगरपालिकाका आर्थिक विकास अधिकृत विकास अधिकारीले बताए।

अन्य सहकारीसमेत समस्याग्रस्त रहेकाले त्यस्ता सहकारीलाई समेत सुधारका लागि एक महिनाको अवधि दिएको र सुधार नभए अन्य सहकारीसमेत खारेज गरिने उनले बताए ।