Friday, October 17, 2025

२०८२ कार्तिक १, शुक्रबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

नेपाल पुनर्बिमा कम्पनीमा सीईओको आवेदन खुल्यो, २१ दिन म्याद


नेपाल पुनर्बिमा कम्पनीमा सीईओको आवेदन खुल्यो, २१ दिन म्याद

काठमाडौँ — नेपाल पुनर्बिमा कम्पनीमा प्रमुख कार्यकारी अधिकृत (सीईओ)का लागि आवेदन खुलेको छ । कम्पनीले सोमबार सूचना निकालेर आवेदन आह्वान गरेको हो । यसअघिका प्रमुख कार्यकारी अधिकृत शंकरकुमार रायमाझीको कार्यकाल सकिएपछि खाली रहेको पदमा कम्पनीले विज्ञापन निकालेको हो । सूचनाअनुसार इच्छुक व्यक्तिले सूचना प्रकाशित भएको मितिले २१ दिनभित्र आवेदन दिन सक्नेछन् ।

प्रमुख कार्यकारी अधिकृतमा आवेदन दिने आवेदनकर्ताले बीमा, मौद्रिक , बैकिङ, वित्तीय , वाणिज्यशास्त्र वा कानुन विषयमा कम्तिमा स्नातकोत्तर वा सो सरहको भए पाँच वर्ष, बैंक वा वित्तीय क्षेत्रमा भए आठ वर्ष तथा दुवै क्षेत्रमा भए बिमामा कम्तीमा एक वर्षको अनुभवसहित कम्तीमा सात वर्षको अनुभव हासिल गरेको हुनुपर्नेछ ।

यस्तै, चार्टर्ड एकाउन्टेन्सी गरेको वा बिमा , मौद्रिक , बैंकिङ, वित्तीय, वाणिज्य शास्त्र, व्यवस्थापन, जनप्रशासन, तथ्यांकशास्त्र, गणित, अर्थशास्त्र, इन्जिनियरिङ वा कानुन विषयमा कम्तीमा स्नातक वा सो सरहको उपाधि हासिल गरेको र कम्तीमा व्यवस्थापक तहमा बिमा क्षेत्रमा भए कम्तीमा १० वर्ष, बैंक तथा वित्तीय क्षेत्रमा भए १५ वर्ष वा दुबै क्षेत्रमा भए बिमा क्षेत्रमा कम्तीमा एक वर्षको अनुभवसहित कम्तफमा १२ वर्षको अनुभव हासिल गरेको हुनुपर्नेछ ।

खुला प्रतियोगिताबाट चयन हुने प्रमुख कार्यकारी अधिकृतको चार वर्षको कार्यकाल रहनेछ । कम्पनीले राजनीतिक दलको सदस्य नरहेको व्यक्तिबाट आवेदन माग गरेको छ । इच्छुक उम्मेदवारले ५ हजार दस्तुर बुझाएर आवेदन नेपाल पुनर्बिमा कम्पनीमा पठाउनुपर्नेछ ।