Wednesday, June 04, 2025

२०८२ जेष्ठ २२, बुधबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

इलाममा रहेको कृषि बिज भण्डारको गोदाम सिल


इलाममा रहेको कृषि बिज भण्डारको  गोदाम सिल

काठमाडौं । नेपाल सरकारले अनुदानमा उपलब्ध गराएको रासायनिक मल इलामका सहकारीले महँगो मूल्यमा बेचेको पाएपछि इलाममा रहेको कृषि बिज भण्डारको गोदाममा सिल गरिएको छ । वास्तविक किसानले अनुदानको मल नपाइरहँदा सहकारीले बिचौलियालाई बेच्ने गरेको पाइएपछि जिल्ला प्रशासन कार्यालय इलामले गोदाममा सिल गरेको हो ।

किसानबाट व्यापक गुनासो आएपछि जिल्ला प्रशासन कार्यालय इलामले बुधबार अनुगमन गर्ने क्रममा इलाम बजारमा रहेको कृषि बिज भण्डारमा ५२ बोरा रासायनिक मल फेला पारेको थियो । अनुदानको मल बिक्री अनुमति नभएको पाइएपछि प्रशासनले मलको गोदाम सिल गरेको छ ।

कृषि सामग्री कम्पनी इलामबाट उक्त सहकारीले ३७० बोरा युरिया र १५२ बोरा डिएपी मल पाएको छ । यता सहकारीका व्यवस्थापक अमर खत्रीले मल बिक्री नगरेको भन्दै गोदाममा मात्र राखिएको दाबी गर्नुभयो तर  खत्रीले राखिएको भनेको गोदामबाट कृषि बिज भण्डारले खुलेआम चर्को मूल्यमा मल बिक्री गरिरहेको प्रमाण फेला परेको छ ।

उता अनुगमनको टोलीलाई भने कृषि बिजका सञ्चालकले झापाको चारआलीबाट मल खरिद गरेको बताए पनि खरिद गरेको आवश्यक कागजपत्र देखाउन नसकेको सहायक प्रजिअ कोइरालाले बताएका छन्