Saturday, June 21, 2025

२०८२ असार ७, शनिबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

प्लास्टिकभन्दा सिसाका बोतलमा माइक्रोप्लास्टिक बढी


प्लास्टिकभन्दा सिसाका बोतलमा माइक्रोप्लास्टिक बढी

एजेन्सी । प्लास्टिकभन्दा सिसाका बोतलमा माइक्रोप्लास्टिक बढी भेटिएको एक अध्ययनले दाबी गरेको छ । सिसाका बोतलमा बिक्री हुने पानी, सोडा, जाँडरक्सीजस्ता पेय पदार्थमा प्लास्टिकको बोतलमा भन्दा माइक्रोप्लास्टिक बढी हुने फ्रान्सको खाद्य सुरक्षा निकायले हिजो सार्वजनिक गरेको एक अध्ययनले देखाएको हो ।

यो नतिजालाई आश्चर्यजनक मानिएको छ । साथै भविष्यमा यसबारे थप अनुसन्धान हुने अपेक्षा गरिएको छ । अनुसन्धानकर्ताहरुले विश्वभर प्लास्टिकका स–साना, प्रायः अदृश्य टुक्राहरू रहने गरेको र श्वासप्रश्वास, खाना र पानीको माध्यमबाट मानव शरीरमा व्यापकरूपमा भित्रिने गरेको बताउँदै आएका छन् ।

फ्रान्सेली खाद्य सुरक्षा निकायका अनुसन्धान निर्देशक गुइलाम डुफ्लोसले नरम पेय पदार्थ, लेमोनेड, बियर तथा वाइनको ग्लासका बोतलमा प्रतिलिटर औसत एक सय माइक्रोप्लास्टिक कण फेला पारेका बताएको समाचार संस्था एएफपीले जनाएको छ ।

यो प्लास्टिकका बोतल वा धातुका डिब्बामा फेला परेको दरभन्दा पाँचदेखि ५० गुणाले धेरै हो । सार्वजनिक भएको पछिल्लो यो अध्ययन गएको महिना ‘जर्नल अफ फुड कम्पोजिसन एन्ड एनालिसिस’मा प्रकाशित भएको थियो ।