काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणको ट्रफी टुर शनिबारदेखि हुने भएको छ । ट्रफी पुर्वको विराटनगरदेखि सुदूरपश्चिमसम्म लगिनेछ । ट्रफी विराटनगर, जनकपुर, चितवन, काठमाडौं, पोखरा,लुम्बिनी, कर्णाली र सुदूरपश्चिममा पुर्याइनेछ । दोस्रो संस्करणको एनपिएल आगामी पुस १ देखि २७ गतेसम्म काठमाडौंमा हुनेछ ।