हेटौंडा । हेटौंडा–१२ वडामा वडा अध्यक्षकालागि मतदान भइरहेको छ । वडाध्यक्ष ललित घलान जिल्ला समन्वय समितिको प्रमुख पदमा निर्वाचित भएपछि रिक्त भएको सो वडामा उपनिर्वाचन हुन लागेको हो । निर्वाचन कार्यालय प्रमुख हरिप्रसाद ढकालका अनसार वडामा कुल ८,०५३ मतदाता रहेको र गत स्थानीय तहको निर्वाचनको तुलनामा १,५८८ मतदाता थप भएको बताए । मतदातामध्ये ४,४२८ पुरुष र ३,६२५ महिला छन्। सो वडाको उपनिर्वाचनकालागि प्रतिभा मावि सिक्रेनीमा ५ र विष्णु ज्योति मावि भोर्लेमा ४ गरी कुल ९ वटा मतदान केन्द्रमा मतदान भइरहेको छ । वडाध्यक्ष पदका लागि १२ जना उम्मेदवार प्रतिस्पर्धामा छन्।
हेटौंडा–१२ मा वडा अध्यक्षकालागि मतदान जारी