Monday, June 02, 2025

२०८२ जेष्ठ २०, सोमबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

मकवानपुरमा ६ अर्ब ६० करोड राजश्व संकलन


मकवानपुरमा ६ अर्ब ६० करोड राजश्व संकलन

हेटौंडा । आन्तरिक राजश्व कार्यालय मकवानपुरले आर्थिक वर्ष २०७९/०८० को अवधिमा ६ अर्ब ६० करोड ८८ लाख २२ हजार रुपैयाँ राजश्व संकलन गरेको छ ।

कार्यालयले अन्तरशुल्क तर्फ ३ अर्ब ६६ करोड २७ लाख ७९ हजार, मूल्य अभिवृद्धि करतर्फ १ अर्ब ९ करोड ५ लाख १९ हजार र आयकरतर्फ १ अर्ब १० करोड ६५ लाख ४७ हजार रुपैयाँ राजश्व असुली गरेको हो ।

त्यस्तै थप राजश्वतर्फ स्वास्थ्य सेवा कर बापत् ६६ करोड ४० लाख ७५ हजार रुपैयाँ सकलन भएको छ भने ब्याजकरतर्फ ६ करोड ३५ हजार रुपैयाँ संकलन भएको आन्तरिक राजश्व कार्यालयले जनाएको छ ।
घरबहालतर्फको स्रोतमा २ करोड ५१ लाख ६१ हजार रुपैयाँ र शिक्षाकरतर्फ ७ हजार रुपैयाँ राजश्व संकलन भएको छ ।

आर्थिक वर्ष २०७८/०७९ मा भन्दा २०७९/०८० मा वार्षिक लक्ष्यभन्दा करिब ४० करोड १४ लाख ४७ हजार रुपैयाँ बढी राजश्व संकलन गरिएको आन्तरिक राजस्व कार्यालयका कर अधिकृत अवधेश कुमार यादवले जानकारी दिए ।