Wednesday, June 04, 2025

२०८२ जेष्ठ २२, बुधबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

नेपाल विद्युत् प्राधिकरणको नाफा १२ अर्ब ३३ करोड पग्यो


नेपाल विद्युत् प्राधिकरणको नाफा १२ अर्ब ३३ करोड पग्यो

काठमाडौं, भदौ १ । नेपाल विद्युत् प्राधिकरणको नाफा १२ अर्ब ३३ करोड रुपैयाँ पुगेको छ । नेपाल विद्युत् प्राधिकरणको नाफा १२ अर्ब ३३ करोड रुपैयाँ पुगेको छ। प्राधिकरणले गत आर्थिक वर्षमा वार्षिक १२ अर्ब ३३ करोड रुपैयाँ नाफा आर्जन गरेको बताए । त्यस्तै, सञ्चित नाफा ३६ अर्ब ६७ करोड रुपैयाँ पुगेको छ।

प्राधिकरणको ३८औँ वार्षिकोत्सवमा बोल्दै प्रबन्ध–निर्देशक कुलमान घिसिङले आर्थिक वर्ष ०७२,७३ सम्म आइपुग्दा वार्षिक घाटा आठ अर्ब ९० करोड रुपैयाँ र सञ्चित नोक्सानी बढेर ३४ अर्ब ६१ करोड रुपैयाँ पुगेको उल्लेख गर्दै आर्थिक वर्ष ०७३,७४ मा एक अर्ब ५० करोड रुपैयाँ खुद मुनाफा आर्जन गरी प्राधिकरणले नाफा कमाउन सुरु गरेको बताए।

उनले प्राधिकरणको सेयर सर्वसाधारणलाई समेत जारी गर्ने गरी प्राधिकरणको तेस्रो चरणको वित्तीय पुनर्संरचना प्रस्ताव स्वीकृतिका लागि सरकारसमक्ष पेस गरिएको बताए। घिसिङले प्राधिकरणको प्राथमिक सेयर सर्वसाधारणलाई निष्कासन गरी संकलन गरिएको रकम ठूला जलविद्युत् आयोजनाको निर्माणमा लगानी गरिने बताए।

प्रशासन तथा वितरण चुहावट १३.४६ प्रतिशतमा सीमित गरेर प्राधिकरणको इतिहासमा नयाँ रेकर्ड कायम गर्न सफल भएको उनको भनाइ छ। हाल ९८ प्रतिशत जनतामा विद्युतको सेवा पुगेको उल्लेख गर्दै घिसिङले आगामी दुई वर्षभित्र देशभित्र पूर्ण रूपमा विद्युतीकरण गर्ने गरी आवश्यक कार्य अघि बढाइएको बताए।