Wednesday, June 04, 2025

२०८२ जेष्ठ २२, बुधबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

शिक्षा तथा विज्ञानतर्फ २ खर्ब बजेट विनियोजन गर्ने


शिक्षा तथा विज्ञानतर्फ २ खर्ब बजेट विनियोजन गर्ने

काठमाडौं । सरकारले शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयका लागि १ खर्ब ९७ अर्ब रुपैयाँ बजेट विनियोजन गर्ने भएको छ ।शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयतर्फ १ खर्ब ९७ अर्ब २९ करोड विनियोजन गरिएको अर्थमन्त्री डा. प्रकाशशरण महतले बताएका छन् ।

चालु आवमा शिक्षातर्फ सङ्घमा ७० अर्ब ५ करोड रुपियाँ बजेट विनियोजन गरिएको थियो । त्यस्तै प्रदेशमा ५ अर्ब ३२ करोड र स्थानीय तहलाई १ खर्ब २१ अर्ब १ करोड रुपैयाँ बजेट हस्तान्तरण गरिएको हो । सरकारले दोस्रो चरणको आर्थिक सुधार र अर्थतन्त्रको संरचनागत परिवर्तनको नारासहित आर्थिक वर्ष २०८०,८१ को बजेट तयार पारेको अर्थमन्त्री डा. महतले बताएका छन् ।