Tuesday, September 02, 2025

२०८२ भाद्र १७, मंगलवार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

बहुमूल्य जग्गा सस्तोमा लिलाम गरेको भन्दै कृषि विकास बैंक लहानमा ऋणीले लगाए ताला


बहुमूल्य जग्गा सस्तोमा लिलाम गरेको भन्दै कृषि विकास बैंक लहानमा ऋणीले लगाए ताला

काठमाडौं । प्रक्रिया छलेर बहुमूल्य जग्गा सस्तोमा लिलाम गरेको भन्दै ऋणीले कृषि विकास बैंक लहान शाखामा तालाबन्दी गरेका छन्। ऋणीको समर्थनमा आएका स्थानीयवासीहरूको सहयोगमा तालाबन्दी गरिएको हो।

तालाबन्दी गरि स्थानीयहरू बैंक परिसरमा नाराबाजी गरिरहेका छन्। कर्मचारीहरू भित्रै थुनिएका छन्। सेवा अवरुद्ध भएको छ। प्रहरीले बाहिर सुरक्षा दिइरहेका छन्। उनीहरूले जग्गा फिर्ता नभएसम्म आन्दोलन गरिने जनाएका छन्।

लहान नगरपालिका—२ का किसान रामचन्द्र यादवले पूर्वपश्चिम राजमार्गमा टाँसिएकै ७ धुर जग्गा बन्धकी राखी ०७७ फाल्गुन १५ गते ३० लाख रुपैयाँ ऋण लिएका थिए। उनले मंसिर महिनाको पनि किस्ता तिरेको बताएका छन्। ब्याज सवाँ गरी हालसम्म १९ लाख ९२ हजार ७७३ रुपैयाँ तिरिसक्दा पनि जग्गा लिलाम भएको र यसले अन्यायमा परेको ऋणी यादवले बताए।