Friday, June 27, 2025

२०८२ असार १३, शुक्रबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

‘हामी मोबाइल एप’को शुभारम्भ,रोजगारसम्बन्धी अत्यावश्यक सूचना उपलव्ध हुने


‘हामी मोबाइल एप’को शुभारम्भ,रोजगारसम्बन्धी अत्यावश्यक सूचना उपलव्ध हुने

काठमाडौं । गणतन्त्र कोरिया सरकारले वैदेशिक रोजगारमा जाने व्यक्तिलाई रोजगारसम्बन्धी अत्यावश्यक सूचना सरल र सहज तरिकाबाट उपलब्ध गराउनका लागि ‘हामी मोबाइल एप’को शुभारम्भ गरेको छ ।

कोरिया सरकारको आर्थिक सहयोगमा शुभारम्भ गरिएको उक्त एपको सञ्चालनमा भने नेपाल सरकार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको सहकार्य रहनेछ । एपको शुभारम्भ बिहीबार श्रममन्त्री शरतसिंह भण्डारीको प्रमुख आतिथ्यतामा सम्पन्न भयो ।

मन्त्री भण्डारीले श्रम बजारमा डिजिटल प्रविधिको प्रयोगमार्फत पारदर्शिता र नीतिगत निर्णयमा सुधार गर्ने सरकारको योजना रहेको बताए । उनले सबैको सहयोग र सहकार्यका लागि आह्वान गर्दै सरोकारवालासँगको सहकार्यमा सामूहिक प्रयासबाट सुरक्षित, मर्यादित श्रम व्यवस्थापन सम्भव हुने बताए । यो एपमा नेपाली र अङ्ग्रेजी भाषामा प्रयोगकर्तामैत्री इन्टरफेसको साथ सीप विकास, वित्तीय योजना र मानसिक स्वास्थ्यका लागि आवश्यक स्रोतहरू समावेश गरिएको छ ।

त्यस अवसरमा नेपालका लागि कोरियाली राजदूत पार्क थेयङले सही, भरपर्दो र समयसापेक्ष सूचना पहुँच राख्न यस एपले श्रमिकको आवश्यकताका आधारमा सहयोग र मार्गदर्शन प्रदान गर्ने जानकारी दिए ।

उनले कोरियाली सरकारले कोरियामा काम गरी फर्केका आप्रवासी कामदार नेपालको भविष्यका लागि महत्त्वपूर्ण सम्पत्ति भएको उल्लेख गरे । गत हप्ता दूतावासले प्रकाशमा ल्याएको ‘तपाईं पनि मालिक बन्न सक्नुहुन्छ’ नामक पुस्तकमा समावेश भएका कोरियाको अनुभवका आधारमा सफल व्यवसायीका रुपमा उदाएका ५० जना वैदेशिक रोजगारबाट स्वदेश फर्केकाहरुको प्रेरणादायी उद्यमशीलता कथाको सँगालोका बारेमा समेत उनले चर्चा गरे ।