Wednesday, June 04, 2025

२०८२ जेष्ठ २२, बुधबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

उद्योगपति गोल्छाको जन्मजयन्तीमा हुलास स्टीलले ग¥यो कार्यक्रम


उद्योगपति गोल्छाको जन्मजयन्तीमा हुलास स्टीलले ग¥यो कार्यक्रम

काठमाडौं । उद्योगपति एवम् संविधान सभाका पूर्वसदस्य स्व. दिवाकर गोल्छाको ७०औं जन्मजयन्तीका अवसरमा विभिन्न कार्यक्रम आयोजना गरिएको छ ।

नेपाल उद्योग वाणिज्य महासंघका पूर्व प्रथम उपाध्यक्षसमेत रहेका उद्योगपति एवं समाजसेवी गोल्छाको स्मृतिमा हुलास स्टीलले विभिन्न कार्यक्रम आयोजना गरेको जनाएको छ ।

गोल्छाले नेपालमा व्यावसायिक कार्यको थालनी हनुमान इण्डष्ट्रिजबाट गरेका थिए । त्यसपछि उनकै अगुवाइमा हुलास मेटल, हुलास स्टील, हुलास वायर, भुदेव खाद्य उद्योग, बीपी राइस मिल, हितेश दाल उद्योग स्थापना गरेर हजारौ नेपालीलाई रोजगारी दिएका थिए । यसका अतिरिक्त २०५० सालमा स्व. गोल्छाले मुलुकलाई चिनीमा आत्मनिर्भर बनाउन रौतहटमा श्रीराम सुगर मिल्स स्थापना गरेका थिए । यस्तै, जुट उद्योगको स्थापना गरी कृषकको जिविकोपार्जनमा योगदान पु¥याउनुका साथै रोजगारी सृजना गर्न सुनसरीको सोनापुरमा अरिहन्त मल्टिफाईवर्स स्थापना गरेका थिए । हाल यो उद्योगले प्रत्यक्ष अप्रत्यक्ष हजारौं व्यक्ति तथा तिनका आश्रित परिवारलाई रोजगारी प्रदान गरेको छ ।

संविधान सभाका पूर्व सदस्य, नेपाल उद्योग वाणिज्य महासंघका पूर्व प्रथम उपाध्यक्ष, उद्योगपति एवं समाजसेवी स्व.दिवाकर गोल्छाको जन्म २९ जुलाई १९५३ मा विराटनगरमा भएको थियो । उनी भन्थे, “समस्या कहिले पनि समस्या हुँदैन, समस्यासँग समाधान पनि हुन्छ तर त्यसलाई आफूले समाधान गर्न जान्नु पर्दछ ।” उनले आफ्नो व्यावसायिक कार्यको थालनी हनुमान इण्डष्ट्रिज प्रालिबाट गरेका थिए । त्यसपश्चात उनकै अगुवाइमा हुलास मेटल, हुलास स्टील, हुलास वायर, भुदेव खाद्य उद्योग, वीपी राइस मिल, हितेश दाल उद्योगको स्थापना गरिएको थियो । सोही समयमा ट्रेडिङ कम्पनीमार्फत् व्यापारिक कारोबार बृहत रुपमा देशभर बिस्तार भइसकेको थियो ।

२०४५ सालमा आएको प्रजातन्त्र पश्चात देशमा आएको आर्थिक उदारिकरणका कारण विभिन्न क्षेत्रमा उद्योग स्थापन गर्ने, रोजगारी सृजना गर्ने र देशलाई हरेक क्षेत्रमा आत्मनिर्भर बनाउने सोच उनले राखेका थिए । वि सं.२०७५ चैत २६ मा उपचारका क्रममा भारतको चेन्नइमा गोल्छाको मृत्यु भएको थियो ।