Thursday, June 26, 2025

२०८२ असार १२, बिहीबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

bdmh4567@gmail.com

पोखरा विमानस्थलदेखि नियमित अन्तर्राष्ट्रिय उडान गर्न नेपाल–चीनबीच सहमति


पोखरा विमानस्थलदेखि नियमित अन्तर्राष्ट्रिय उडान गर्न नेपाल–चीनबीच सहमति

काठमाडौं, पोखरा विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडानका लागि सहज वातावरण बनाउन नेपाल र चीन सहमति भएको छ। दुई देशका प्रधानमन्त्रीबीच छलफलपछि जारी संयुक्त वक्तव्यमा पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण सन्तोषजनक रहेको जनाउँदै अन्तर्राष्ट्रिय उडानका लागि सहजीकरण गर्ने सहमति भएको उल्लेख छ।चीनकै ऋण सहयोगमा निर्माण भएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट हाल आन्तरिक देशभित्र उडान मात्रै भइरहेका छन्।

अब अन्तर्राष्ट्रिय उडान पनि गर्ने वातावरण बनाउन चीन र नेपालबीच सहमति भएको हो।दुवै देशले आफ्ना एयरलाइन्स कम्पनीलाई उडान सुरु र थप उडानका लागि सहयोगसँगै सहजीकरण गर्ने, संयुक्त वक्तव्यमा भनिएको छ, पोखराबाट सिधा उडान गरी बजारको आवश्यकता, व्यापार र आर्थिक अन्तरक्रियाका लागि हवाई रुट व्यवस्थापन गर्ने।

पोखरामा पहिलो अन्तर्राष्ट्रिय उडान चिनियाँ एयरलाइन्स सिचुवान एयरलाइन्सले छेन्दुबाट गरेको थियो।गत असार पहिलो हप्ता भएको ड्रागन बोट फेस्टिभलमा चिनियाँ चार्टड उडानमाफर्फत सिधै पोखरा आइपुगेका थिए। त्यसपछि भुटानको ड्रुक एयरले भदौ अन्तिम साता सिधा चार्टड उडान गरेको थियो।बुद्ध एयरले पोखराबाट भारतमा सिधा उडान गर्ने अनुमति मागे पनि अहिलेसम्म दिएको छैन। विमानस्थल उद्घाटनको १० महिना भए पनि अन्तर्राष्ट्रिय नियमित उडान हुन सकेको छैन।