काठमाडौं । नेपाल टेलिकमका २९ जना कर्मचारीलाई राजनीतिक आस्थाका आधारमा हटाइएको भन्दै उनिहरु आन्दोलित भएका छन् । २ दशकभन्दा लामो समयदेखि त्यहाँ सरसफाइको काम गर्दै आएका कर्मचारीलाई टेलिकमले कात्तिक १२ गते कामबाट हटाएको थियो ।
आफूहरुलाई बिनासूचना र सेवासुविधा विनै कामबाट हटाएको भन्दै निष्कासित कर्मचारीले कात्तिक १४ गतेबाट बबरमहलस्थित टेलिकमको कार्यालयमा धर्ना बसेका छन् । आइतबार शान्तिपूर्ण धर्ना बसिरहेकै क्रममा प्रहरीले हस्तक्षेप गरेको थियो । धर्ना बसिरहेका मजदुरमाथि धरपकड भएको भन्दै संयुक्त ट्रेड युनियन समन्वय केन्द्र (जेटीयूसीसी)ले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।