Saturday, June 07, 2025

२०८२ जेष्ठ २५, शनिबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

बजेट संशोधन नभएपनि पास गर्नेः अर्थमन्त्री महत


बजेट संशोधन नभएपनि पास गर्नेः अर्थमन्त्री महत

काठमाडौं । अर्थमन्त्री प्रकाशशरण महतले आगामी आर्थिक वर्ष २०८०,०८१ को बजेट संशोधन नभए पास हुने दाबी गरेका छन् । सोमबार संसद भवन बाहिर सञ्चारकर्मीसँग कुरा गर्दै उनले बजेट असार १३ गते कुनै पनि संशोधन बिना पास हुने बताएका छन्। पहिला नै धेरै सुझाव लिएर बजेट ल्याएकाले विधिभित्र रहेर काम गर्ने उनले बताएका छन् ।

आफूले बजेट ल्याउँदा सीमित स्रोत, साधनलाई मध्यनजर गरेर ल्याएको भन्दै उनले वास्तविकतामा बजेट आधारित रहेको दाबी गरेका छन् । बजेटमा समानता भएन भन्ने सांसदहरुको भनाइ आफूले मागे अनुसार बजेट नआएको आक्रोश मात्रै रहेको महतको टिप्पणी छ । बजेटको सीमाभित्र रहेर सम्बोधन गर्नुपर्ने ठाउँमा सम्बोधन हुने महतले बताए ।

अहिले आएको बजेट अनुसार स्रोत पुर्‍याउन पनि धेरै मेहनत गर्नुपर्ने आवश्यकता रहेको महतले भनाइ छ ।आवश्यकता अनुसार बजेट भएन भनेर विभिन्न किसिमबाट अभिव्यक्ति आइरहेको छ, यसरी नभनिदिएको भए हुन्थ्यो भन्ने चाहना हो तर थोरै साधन स्रोतभित्र रहेर मैले गर्नसक्ने गरेको उल्लेख गरे ।