Friday, June 20, 2025

२०८२ असार ६, शुक्रबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

bdmh4567@gmail.com

संसद्‍मा प्रधानमन्त्री दाहालको विरोध


संसद्‍मा प्रधानमन्त्री दाहालको विरोध

काठमाडौं,२० असार । प्रधानमन्त्री दाहालले प्रधानमन्त्रीको हैसियतमा बसिरहने आधार गुमाएको भन्दै प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले लगायतका दलहरूले संसद्‍मा आपत्ति जनाएका छन् । बुधबार प्रतिनिधिसभा र राष्ट्रिय सभाका दुबै बैठकमा एमालेका सांसदहरूले प्रधानमन्त्री दाहालको कडा आलोचना गरेका छन्।

दिनअघि भारतीय प्रितम सिंहका विषयमा प्रधानमन्त्री दाहालले दिएको अभिव्यक्तिलाई लिएर संसद्‍मा दाहालको कडा विरोध भएको हो । एमालेका सांसद रघु पन्तले प्रधानमन्त्रीको अभिव्यक्तिबाट देश नै रोकएको भन्दै उनले देशको गरिमा मेटेको टिप्पणी गरे । सम्माननीय प्रधानमन्त्री पनि भनौं कि नभनौं खै १, सांसद पन्तले भने, नेपालमा प्रधानमन्त्री दिल्लीले बनाउँछ कि संसदले बनाउँछ सांसद पन्तले प्रधानमन्त्री दाहालको राजीनामा पनि माग गरेका थिए ।

यस्तै एमाले संसदीय दलका सचेतक महेश बर्तौलाले प्रधानमन्त्री दाहालले प्रधानमन्त्री पदमा बस्ने हैसियत गुमाएको बताएका थिए ।प्रधामन्त्री दाहालले केही दिनअघि आफूलाई प्रधानमन्त्री बनाउन सरदार प्रितम सिंह भारत गएको अभिव्यक्ति दिएसँगै राजनीतिक वृत्तमा उनको चौतर्फी आलोचना भइरहेको छ ।

पन्तले संसद्‍ बैठकमा प्रधानमन्त्रीको राजीनामा माग गर्दै राजीनामा नआएसम्म संसद अगाडि बढ्न नसक्ने भनेपछि रास्वपा, राप्रपा लगायत दलका सांसदहरू पनि सिटबाट उठेर विरोध जनाएका थिए । सभामुख देवराज घिमिरेले बैठक नियमित रुपमा सञ्चालन गर्न खोजे पनि सांसदहरूको विरोधले संसद्‍ बैठक अवरुद्ध भयो । बुधबार नै राष्ट्रिय सभा बैठक पनि एमालेका सांसदले विरोध जनाउँदा अवरुद्ध भएको छ ।