Wednesday, June 04, 2025

२०८२ जेष्ठ २२, बुधबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

हाथवे इन्भेष्टमेन्ट नेपाल लिमिटेडको आईपीओ बाँडफाँट


हाथवे इन्भेष्टमेन्ट नेपाल लिमिटेडको आईपीओ बाँडफाँट

काठमाडौं । हाथवे इन्भेष्टमेन्ट नेपाल लिमिटेडको आईपीओ बाँडफाँट भएको छ। कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलको कार्यालयमा सो कम्पनीको आईपीओ बाँडफाँट भएको हो। कम्पनीले साउन ४ गतेदेखि १८ गतेसम्म नेपाल सरकारको सम्बन्धित निकायको श्रम स्वीकृती लिई वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि १ करोड ४६ लाख २५ हजार रुपैयाँ बराबरको प्रतिकित्ता ५० रुपैयाँ दरका २ लाख ९२ हजार ५०० कित्ता शेयर निष्काशन गरेको थियो। सो आईपीओमा २७ हजार २३६ आवेदन मार्फत १४ लाख १७ हजार ४४० कित्ता शेयरको माग भएको थियो। जसमध्ये २७ हजार २३१ आवेदन स्वीकृत भएका छन्। भने ५ आवेदन रद्द भएका छन्। स्वीकृत आवेदकमध्ये १४ हजार ६२५ जनाले २० कित्ताका दरले कम्पनीको शेयर प्राप्त गरेका छन्।