Monday, June 09, 2025

२०८२ जेष्ठ २७, सोमबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

रोजगारीका लागि दुबई पठाउँछु भनेर ठगेको आरोपमा एक जना पक्राउ


रोजगारीका लागि दुबई पठाउँछु भनेर ठगेको आरोपमा एक जना पक्राउ

काठमाडौं, असोज ९।रोजगारीका लागि दुबई पठाउँछु भनेर ठगेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रौतहटको विश्रामपुर घर भएर काठमाडौँ बस्ने मोहम्मद शेख इरफान सिद्धिकी छन्। ३४ वर्षीय मोहम्मद शेख लाई काठमाडौँको नागार्जुनबाट पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी रवीन्द्र रेग्मीले बताएका छन् ।

मोहम्मद शेखले सूर्य बहादुर कार्कीलाई दुबई पठाउँछु भनेर १ लाख ५० हजार लिएपछि सम्पर्कविहीन भएका हुन् । दुबईमा सेक्युरिटीको काम लगाइदिने र प्रलोवन देखाए र ५० हजार तलब हुन्छ भनेर मोहम्मद शेखले आश्वासन दिएका थिए । आरोपितलाई कारवाहीका लागी प्रहरीले वैदेशिक रोजगार विभाग, ताहाचलमा पठाएको छ ।