Monday, June 09, 2025

२०८२ जेष्ठ २७, सोमबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

इरानको सर्वोच्च अदालतका दुई प्रमुख कट्टरपन्थी न्यायाधीशहरूको गोली हानी हत्या


इरानको सर्वोच्च अदालतका दुई प्रमुख कट्टरपन्थी न्यायाधीशहरूको गोली हानी हत्या

काठमाडौँ । इरानको सर्वोच्च अदालतका दुई प्रमुख कट्टरपन्थी न्यायाधीशहरूको शनिबार गोली हानी हत्या गरिएको छ । मारिनेमा मोहम्मद मोगिसेह र होजातोलेस्लाम अली रजिनी छन् । दुवै न्यायाधीशहरू सन् १९९८ मा राजनीतिक बन्दीहरूको सामूहिक मृत्युदण्डको मुद्दामा संलग्न थिए । न्यायाधीशहरूलाई गोली प्रहार गरेसँगै आक्रमणकारीले आत्महत्या गरेको इरानी सरकारी सञ्चारमाध्यम इर्नाले जनाएको छ ।

यो इरानी वरिष्ठ अधिकारीहरूमाथि भएको दुर्लभ आक्रमण हो । आईआरजीसी-सम्बद्ध फार्स न्यूजका अनुसार आक्रमणकारीले ह्यान्डगन प्रयोग गरेका थिए । आक्रमणमा एकजना न्यायाधीशका अंगरक्षक घाइते भएका छन् ।

आक्रमणकारी इरानी सर्वोच्च अदालतमा कर्मचारी भएको जनाइएको छ । तर, न्यायिक मिडिया सेन्टरले आक्रमणकारी बाहिरबाट अदालत परिसरमा छिरेको जनाएको छ । तर इरानी सर्वोच्च अदालतमा निकै कडा सुरक्षा हुने गर्छ ।

प्रारम्भिक अनुसन्धानमा आक्रमणकारीको सर्वोच्च अदालतमा मुद्दा भएको देखिएको छैन । इरानी सर्वोच्च अदालतका धेरै शाखाहरू देशभर फैलिएका छन् । यसले तल्लो अदालतले गरेका निर्णयको पुनरावेदन गर्ने गर्छ ।

रजिनीलाई यसअघि पनि निशाना बनाइएको थियो । मोटरसाइकलमा सवार आक्रमणकारीहरूले सन् १९९९ जनवरीमा गाडीमा विस्फोटक पदार्थ प्रहार गरेपछि उनी घाइते भएका थिए । सन् २००५ अगस्टमा मसुद मोकादसीको तेहरानमा गोली हानेर हत्या गरिएको थियो । त्यतिबेला उनले एक प्रभावशाली पत्रकारको मुद्दा हेरिरहेका थिए ।