Monday, June 02, 2025

२०८२ जेष्ठ २०, सोमबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

बैंकक—भैरहवा सिधा उडान सुरु


बैंकक—भैरहवा सिधा उडान सुरु

काठमाडौँ — थाई एयर एशियाले आइतबारदेखि बैंकक—भैरहवा सिधा उडान सुरु गरेको छ । सातामा २ दिन भैरहवा उडान गर्ने अनुमति पाएको छ । नागरिक उड्डयन प्राधिकरणका अनुसार थाइ एयर एशियाले सातामा ४ दिन काठमाडौं र २ दिन भैरहवा उडान गर्नेछ ।

अनुमति नलिई जहाज नेपाली आकाश प्रवेश गराएको विषयमा थाई एयर एशियाको नेपाली एजेन्ट कम्पनी युनिर्भसल टुर्स एण्ड ट्राभल्स कम्पनीले नेपाल नागरिक उड्डयन प्राधिकरणसँग माफी मागेपछि उडानका लागि बाटो खुलेको हो ।

व्यावसायिक उडानको अनुमति सकिएको अवस्थामा १ सय ७६ यात्रु जहाजमा राखेर गत आइतबार थाई एयर एशियाको एयरबस काठमाडौं आइपुगेको थियो । उक्त घटनाबारे प्राधिकरणले नेपाली एजेन्ट कम्पनी युनिर्भसल टुर एण्ड ट्राभल्स र यसका संचालक प्रबन्ध निर्देशक परासर प्रसाईंलाई स्पष्टीकरण सोध्दै थाई एयर एशियाको नेपाल उडान अर्को निर्णय नहुञ्जेलसम्मका लागि स्थगन गरेको थियो । प्रबन्ध निर्देशक प्रसाईंले गत सोमबार प्राधिकरणलाई यस्तै खाले गल्ती नदोहोर्‍याउने सुनिश्चितता गरेपछि उडानका लागि बाटो खुलेको हो ।