Monday, June 02, 2025

२०८२ जेष्ठ २०, सोमबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

देशभित्र लोडसेडिङ गराएर भारतलाई बिजुली दिनेःकुलमान घिसिङ


देशभित्र लोडसेडिङ गराएर भारतलाई  बिजुली दिनेःकुलमान घिसिङ

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले देशभित्र लोडसेडिङ गराएर भारतलाई बिजुली दिने बताएका छन्।आइतबार पत्रकार सम्मेलन गर्दै घिसिङले नेपालमा विद्युत कटौती गरेर भारत पठाएको भन्ने सामाजिक सञ्जालमा आएका टिप्पणी सत्य नभएको बताए । उत्पादन भएर यहाँ खपत नभएको बिजुली मात्र बेच्ने हो । उनले भने, पिक समयमा पनि ४०० देखि ५०० मेगावाट बिजुली बिक्री गर्न सक्छौं ।

प्राधिकरणले प्रयोग गरिरहेको सिस्टममा आएको समस्याका कारण केही समय अघि नेपालले गडबडी झेल्नुपरेको उनले बताएका छन्। समस्या आएको बेला पावर प्लान्ट आफैं अफ हुन्छ। यहाँ गडबड गरेर निर्यात गर्न पनि मिल्दैन, उनले भने। अहिले नेपालको विद्युत उत्पादन क्षमता २००० मेगावाट पुगेको छ। कुल उत्पादन क्षमता २७०० मेगावाट छ।

सधै क्षमताअनुसार सबै बिजुली उत्पादन भने नहुने उनी बताए। पिक समयमाभन्दा अन्य समयमा उत्पादिन विद्युत बिक्री नगरेमा घाटा हुने समेत उनले बताए। प्राधिकरणले विद्युत उत्पादकहरूसँग टेक अर पेग विद्युत खरिद सम्झौता गरेको हुन्छ। यसरी विद्युत नकिनेमा तिनलाई क्षतिपूर्ति दिनुपर्छ भने यसरी किनेको विद्युत खेर गएमा घाटा हुने भएकोले निर्यात गरिएको उनले स्पष्ट पारे।

उनले भने यहाँ बत्ती जानु प्रणालीमा समस्या आएको कारण हो। यहाँको प्रणाली बिग्रिदा बाहिर पनि निर्यात गर्न मिल्दैन। अहिले निर्यात गर्ने बिन्दु ढल्केबर मात्रै हो। कालिगण्डकीको विद्युत निर्यात गर्दा पनि ढल्केबर नै पुग्नुपर्छ। प्रणाली गयो भने हामीले चाहेर पनि पुर्‍याउन नसक्ने बताए।