Monday, June 02, 2025

२०८२ जेष्ठ २०, सोमबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

बैंकिङ कसुर मुद्दामा पेस्सीकोलाबाट तिमल्सिना पक्राउ


बैंकिङ कसुर मुद्दामा पेस्सीकोलाबाट तिमल्सिना पक्राउ

काठमाडौं । बैंकिङ कसुर मुद्दामा राजकुमार तिमल्सिना पक्राउ परेका छन्। उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले बुधबार साँझ पेस्सीकोलाबाट पक्राउ गरेको हो।

उनलाई अहिले बैंकिङ कसुरको मुद्दामा पक्राउ गरिएको अनुसन्धान कार्यालयको एसपी एवं प्रवक्ता काजीकुमार आचार्यले जानकारी दिए।

'उनीमाथि अन्य मुद्दाहरू पनि छन्, अहिले पक्राउ गरिएको भने बैंकिङ कसुरमा हो,' एसपी आचार्यले भने। उनीमाथि सर्वोच्च अदालतका न्यायाधीश, कानुन व्यवसायीलाई लक्षित गरी फेक अडिओ बनाएको आरोप पनि छ।

सरकारी वकिल कार्यालयले काठमाडौंले २०८१ असार १३ गते विद्युतीय कारोबार ऐन र अपमानजनक कसुरमा अपराध गरेको अभियोग लगाउँदै तिमल्सिनासहित सीधा कुरा डटकमका कार्यकारी सम्पादक नवीन ढुंगाना र प्रकाशक युवराज कँडेलविरूद्ध एक लाख रूपैयाँसम्मको जरिवाना र ५ वर्षसम्म कैद वा दुवै सजाय माग दाबी गर्दै मुद्दा दर्ता भएको थियो।

सिधा कुरा डटकमले गत वैशाख १४ गते ‘चार सय बढी भ्रष्टाचारका मुद्दा डिसमिस गराउने सर्वोच्च अदालतका न्यायाधीश सहभागी बैठकको स्टिङ अपरेसन’ भनेर समाचार प्रसारण गरेको थियो।

उक्त अडिओ प्रहरीले झुटो भएको निष्कर्ष निकालेको छ।