Friday, June 06, 2025

२०८२ जेष्ठ २४, शुक्रबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

८००० मिटरमाथिका पाँच हिमाल चढ्न जाँदैः पूर्णिमा श्रेष्ठ


८००० मिटरमाथिका पाँच हिमाल चढ्न जाँदैः पूर्णिमा श्रेष्ठ

काठमाडौं । पूर्णिमाको यस प्रयासलाई सम्मान तथा साथ दिँदै आइएमई पेले आर्थिक सहयोग गर्ने भएको छ। माउन्ट केटु आरोहणमा पूर्णिमा श्रेष्ठलाई आइएमई र आइएमई पेको साथ नेपाली महिला हिमाल आरोही पूर्णिमा श्रेष्ठ पाकिस्तानको काराकोरम क्षेत्रमा अवस्थित ८००० मिटरमाथिका पाँच हिमाल चढ्न जाँदै छिन्। 

विश्वका सबैभन्दा उच्च १४ वटा शिखरहरू चढ्ने लक्ष्य राखेकी पूर्णिमाले काराकोरम हिमशृङखलाको ५ विभिन्न शिखर आरोहण गर्ने क्रममा विश्वको दोश्रो अग्लो हिमाल माउन्ट केटु  पनि आरोहण गर्न लागेकी हुन् । संसारको १४ उच्च शिखर आरोहण गर्ने नेपाली नारी हुने एवं युवा तथा महिला सशक्तीकरण गर्ने लक्ष्यका साथ पूर्णिमाले आफ्नो यो आरोहण यात्रा सुरु गरेकी हुन् । फोटो पत्रकारसमेत रहेकी पूर्णिमाले ६ वर्षअघि पर्वतारोहणको यात्रा सुरु गरेकी हुन् । उनले नेपालमा रहेका ८००० मिटरमाथिका ७ वटा शिखरहरू आरोहण गरिसकेकी छन्।