Sunday, August 10, 2025

२०८२ श्रावण २६, आईतवार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

३४१ मेगावाटको बुढीगण्डकी अर्धजलाशययुक्त जलविद्युत् आयोजनामा जुट्यो लगानी,कति लगानी हुन्छ ?


३४१ मेगावाटको बुढीगण्डकी अर्धजलाशययुक्त जलविद्युत् आयोजनामा जुट्यो लगानी,कति लगानी हुन्छ ?

काठमाडौं । ३४१ मेगावाटको बुढीगण्डकी अर्धजलाशययुक्त जलविद्युत् (पीआरओआर) आयोजना निर्माण गर्न लगानी जुटेको छ । आयोजना निर्माण गर्न कुल ७० अर्ब रुपैयाँ लागत अनुमान गरिएको छ । साहस ऊर्जा लिमिटेडको सहायक कम्पनी टाइम्स इनर्जी प्रालिले आयोजना निर्माण गर्नेछ । उक्त जलविद्युत् आयोजनामा नेपाल इन्भेस्टमेन्ट मेगा बैंकको नेतृत्वमा १० बैंक तथा वित्तीय संस्थाले कन्सोर्टियम ९संयुक्त० मोडलमा ५२ अर्ब ५० करोड रुपैयाँ ऋण लगानी गर्ने भएको छ।

बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रममा प्रवर्द्धक कम्पनी टाइम्स इनर्जी र बैंक तथा वित्तिय संस्थाबीच ऋण लगानी सम्झौता भएको हो । सम्झौता पत्रमा टाइम्स इनर्जीका सञ्चालक सुशील थापा र नेपाल इन्भेस्टमेन्ट मेगा बैंकका तर्फबाट सीईओ ज्योतिप्रकाश पाण्डेले हस्ताक्षर गरे ।

नेपाल इन्भेस्टमेन्ट मेगा बैंक १० अर्ब, नबिल बैंक ८ अर्ब, लक्ष्मी सनराइज बैंक ८ अर्ब, ग्लोबल आइएमई बैंक ७ अर्ब, हाइड्रो इलेक्ट्रिसिटी एन्ड डेभलपमेन्ट कम्पनी ४ अर्ब, माछापुछ्रे बैंक ४ अर्ब, सिटीजन बैंक ३ अर्ब, नेपाल इन्फ्रास्ट्रक्चर बैंक ३ अर्ब, प्रभु बैंक ३ अर्ब र कृषि विकास बैंकले २ अर्ब ५० करोड लगानी गर्ने भएको हो ।

आयोजना निर्माण गर्न २५ प्रतितशत स्वपुँजी र ७५ प्रतिशत ऋणमार्फत लगानी जुटाउन लागिएको हो । बैंकहरुले संयुक्त रुपमा साढे ५२ अर्ब रुपैयाँ ऋण लगानी र १७ अर्ब ५० करोड रुपैयाँ प्रवर्द्धक कम्पनीले लगानी गर्नेछ ।

टाइम्स इनर्जीमा साहस ऊर्जाको ५१ प्रतिशत सेयर स्वामित्व छ । सोहीअनुसार साहस ऊर्जाले ५१ प्रतिशत स्वपुँजी लगानी गर्नेछ । निजी क्षेत्रले बनाउन लागेको र वित्तीय व्यवस्थापन गरेको हालसम्मकै ठूलो आयोजना हो । यसअघि २८५ मेगावाटको माथिल्लो तमोर आयोजना र २१६ मेगावाटको माथिल्लो सेती आयोजनाको वित्तीय व्यवस्थापन भइसकेको छ।

हालसम्म सञ्चालनमा आइसकेकामा ८६ मेगावाटको सोलुखोला दूधकोशी जलविद्युत् आयोजना नै निजी क्षेत्रको ठूलो परियोजना हो । उक्त जलविद्युत् आयोजना पनि साहस ऊर्जाले नै निर्माण गरेको छ । माघ ०७९ बाट सोलुखोला दूधकोशीले व्यावसायिक उत्पादन सुरु गरेको हो । २०८० पुसमा साहस ऊर्जा टाइम्स इनर्जीको ५१ प्रतिशत सेयर किनेको थियो ।