Saturday, August 02, 2025

२०८२ श्रावण १८, शनिबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

‘बुलेट’ ब्रान्डको तयारी चाउचाउ गुणस्तरहीन


‘बुलेट’ ब्रान्डको तयारी चाउचाउ गुणस्तरहीन

काठमाडौं । ‘बुलेट’ ब्रान्डको तयारी चाउचाउ गुणस्तरहीन पाइएको छ । उद्योगी विपिन काबराको स्वामित्वमा रहेको मोरङको कटहरीस्थित क्वालिटी थाई फुड प्राइभेट लिमिटेडले उत्पादन गरेको बुलेट चाउचाउको गुणस्तर कम भएपछि खाद्य तथा गुण नियन्त्रण कार्यालय विराटनगरले जिल्ला प्रशासन कार्यालय मोरङमा उजुरी दिएको थियो ।

सो उजुरीको अन्तिम किनारा लगाउँदै मोरङका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवको इजलासले उद्योगका क्वालिटी कन्ट्रोल म्यानेजर पुजन कोइरालालाई दोषी ठहर गर्दै पाँच हजार रुपैयाँ जरिबाना गर्ने फैसला सुनाएको छ ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले नुवाकोटको विदुर नगरपालिका–१, त्रिशूलीस्थित सूर्यकुमार श्रेष्ठको एस।के। स्टोर्सबाट नमुना सङ्कलन गरेको थियो ।

विभागको टोलीले त्यहाँ बिक्रीका लागि राखिएको ६० ग्राम तौलको ‘बुलेट’ चाउचाउको पाँच थान नमुना सङ्कलन गरी परीक्षणका लागि प्रयोगशाला पठाएको थियो ।