Sunday, June 15, 2025

२०८२ असार १, आईतवार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

bdmh4567@gmail.com

मधेसमा आगलागीबाट ४६ करोडको क्षति


मधेसमा आगलागीबाट ४६ करोडको क्षति
काठमाडौँ । मधेश प्रदेशका विभिन्न जिल्लामा आगलागीबाट विगत १० महिनामा ४६ करोडभन्दा बढी मूल्य बराबरको धनसम्पत्ति जलेर नष्ट भएको छ।


मधेस प्रदेश प्रहरी कार्यालयले आगलागीका सम्बन्धमा जिल्लाबाट हालसम्म सङ्कलन गरिएको तथ्याङ्क विवरणअनुसार मधेस प्रदेशका आठवटै जिल्लामा आगलागीबाट क्षति भएको जनाएको छ।

अहिले पनि प्रदेशका कुनै न कुनै स्थानमा आगलागी भइरहकाले आगलागीबाट सुरक्षित तथा सर्तक रहनका साथै पीडितलाई सहयोगका लागि आग्रह गरिएको छ।

प्राप्त विवरणमा धनुषामा आठ करोड ४९ लाख, महोत्तरीमा रु चार करोड १४ लाख, सर्लाहीमा रु चार करोड ४१ लाख, सप्तरीमा रु पाँच करोड ४१ लाख, सिरहामा रु आठ करोड ४९ लाख, रौतहटमा रु चार करोड ९८ लाख, बारामा रु चार करोड १७ लाख र पर्सामा रु पाँच करोड ७२ लाख मूल्य बराबरको भौतिक सम्पत्ति जलेर नष्ट भएको बताइएको छ।

मधेस प्रदेशको सिरहामा सबैभन्दा बढी तथा सर्लाहीमा सबैभन्दा कम आगलागीका घटना भएका छन्। सो अवधिमा सिरहामा दुई सय १६ तथा सर्लाहीमा एक सय छ आगलागीका घटना भएको विवरणमा जनाइएको छ। 

यसैगरी सप्तरीमा एक सय ७२, धनुषामा एक सय ४५, महोत्तरीमा एक सय ३०, रौतहटमा एक सय ८३, बारामा एक सय २१ तथा पर्सामा एक सय २८ आगलागीका घटना भएको विवरणमा उल्लेख गरिएको छ। 

लामो समयदेखि आकासे पानी नपरेको तथा तातो हावा र बढ्दो गर्मीका कारण आगलागीका घटना अत्यधिक भएको प्रहरीको अनुमान रहेको छ। साथै मानवीय लापरबाही तथा प्राविधिक समस्याले पनि आगलागीका घटना तथा क्षति भएको हो।