Monday, June 09, 2025

२०८२ जेष्ठ २७, सोमबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

चिनीको मुल्यमा मनोमानी

पत्रपत्रिका


चिनीको मुल्यमा मनोमानी

काठमाडौं । नेपालीको ठुला चाडपर्व दसैँ, तिहार नजिकिँदै गर्दा चिनीको भाउ महँगो हुनु नौलो होइन तर यो पटक त चिनी प्रतिकेजी १५० रुपियाँसम्म पुगेको छ । त्यो पनि सहज रूपमा सबै पसलमा पाइँदैन । एक महिनाअगाडि मात्रै प्रतिकेजी १०० रुपियाँमा कारोबार भएको चिनी अहिले बढेर १५० रुपियाँसम्म पुगेको हो ।

नेपालीको ठुला चाडपर्व दसैँ, तिहार र छठमा जुन बेला चिनीको बढी खपत हुन्छ त्यो बेलामा सीमित व्यापारीले बजार नियन्त्रणमा लिई चिनीको कृत्रिम अभाव सिर्जना गरी मूल्यमा कालोबजारी हुँदासमेत सरकारका जिम्मेवार निकाय कहाँ छन् ? आमउपभोक्ता प्रश्न गरिरहेका छन् । उपभोक्ता अधिकारकर्मी प्रेमलाल महर्जनले सरकारका कारण नेपाली उपभोक्ता महँगीको मारमा परेको बताए ।

त्यसो त महर्जन अध्यक्ष रहेका राष्ट्रिय उपभोक्ता मञ्चले तीन महिनाअगाडि नै अनुदानको चिनी खरिद गरी सरकारको मातहतमा रहेका खाद्य, व्यवस्था तथा व्यापार कम्पनी र साल्ट टे«डिङ कर्पोरेसनमार्फत सर्वसाधारण उपभोक्तालाई बिक्री गर्ने व्यवस्था गर्न सरकारसँग माग गरेको थियो । हाल चिनीमा भएको कालोबजारी नियन्त्रणका लागि सरकारले हस्तक्षेप नगरेसम्म बजारमा भाउ नियन्त्रण नहुने उनको भनाई ।

अनुगमनले मूल्य नियन्त्रण हुने होइन, बजारलाई सन्तुलित रूपमा मात्रै ल्याउने भन्दै उनले भने, “तर मुख्य कुराचाहिँ बजारमा मूल्य हस्तक्षेप गर्नुपर्ने थियो सरकारले त्यो मूल्य हस्तक्षेप गर्न नचाहेका कारण अहिलेको अवस्था आएको हो ।”

सरकारको अदूरदर्शी नीति, अकर्मण्यता, बिचौलियाको दबाबमा काम गर्ने नीतिले कालोबजारी र मूल्यवृद्धि रोकिन नसकेको अध्यक्ष महर्जनको बुझाइ रहेको छ । अन्तर्राष्ट्रिय बजारमा प्रतिकेजी ७३ रुपियाँमा पाइने चिनी नेपालमा १५० रुपियाँ पुग्दा सरकार कहाँ छ ? हेर्नु पर्दैन उनले प्रतिप्रश्न गरे ।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले साल्ट टे«डिङ कर्पोरेसन र नेपाल खाद्य व्यवस्था तथा व्यापार कम्पनीमार्फत ५० प्रतिशत भन्सार छुटमा ६० हजार टन चिनी खरिद गर्नका साउन १८ गते र साउन ३१ गते दुई वटा पत्र अर्थ मन्त्रालयमा पेस गरेको थियो । अर्थ मन्त्रालयले भदौको अन्तिम साता १० हजार टन खाद्य व्यवस्था तथा व्यापार कम्पनी र १० हजार टन साल्ट ट्रेडिङ कर्पोरेसनलाई गरी कुल २० हजार टन मात्रै चिनी खरिदका लागि स्विकृति दिएको छ । त्यो चिनी खरिदका लागि टेन्डर प्रक्रियामा जानुपर्ने भएकाले कहिले आउँछ भन्ने टुङ्गो छैन । बजारमा चिनीको हाहाकार सिर्जना गरी मनपरी मूल्यमा बिक्री भइसकेको छ । आजको गोरखापत्रमा समाचार छ ।