Sunday, June 08, 2025

२०८२ जेष्ठ २६, आईतवार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

भारतको पचौरा रेलवे स्टेशननजिक दुर्घटना हुँदा ११ जनाको मृत्यु, ५० घाइते


भारतको पचौरा रेलवे स्टेशननजिक दुर्घटना हुँदा ११ जनाको मृत्यु, ५० घाइते

एजेन्सी । भारत महाराष्ट्रको जलगाउँस्थित पचौरा रेलवे स्टेशननजिक दुर्घटना हुँदा कम्तीमा ११ जनाको मृत्यु भएको छ । ५० भन्दा बढी घाइते भएका  छन् । लखनउबाट मुम्बई जाँदै गरेको पुष्पक एक्सप्रेसमा आगो लागेको अफवाहका कारण यात्रुहरू ट्रेनबाटी फाल हालेपछि घटना भएको थियो ।

भारतीय सञ्चारमाध्यमहरूले जनाएअनुसार पुष्पकल एक्सप्रेसको बी ४ बोगीमा विजुली सर्ट भएको थियो । त्यसलाई ट्रेनमा आगो लागेको भन्ने ठानेर केही यात्रुले ट्रेनलाई आकस्मिक रूपमा रोक्न चेन तानेका थिए ।

लगत्तै ट्रेन ट्र्याकबाट बाहिरिएको थियो यसबीच यात्रुहरू ट्रेनबाटै हाम फालेकाले क्षति पुगेको अधिकारीहरूले बताएका छन् । उनीहरू हामफालेको तर्फ पनि अर्को ट्र्याक थियो । जहाँ अर्कोतर्फबाट कर्नाटक एक्सप्रेस आइरहेको थियो । दुर्घटनामा केही नेपाली पनि परेको बताइएको छ । पुष्टि हुन बाँकी छ ।