Wednesday, June 04, 2025

२०८२ जेष्ठ २२, बुधबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

भ्रष्टाचारमा आरोपित प्रशासकीय अधिकृत र वडाध्यक्षसहित तीन जनाविरूद्ध मुद्दा दायर


भ्रष्टाचारमा आरोपित प्रशासकीय अधिकृत र वडाध्यक्षसहित तीन जनाविरूद्ध मुद्दा दायर

काठमाडों । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले रूपन्देहीको शुद्धोधन गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अनन्तपाणी मरासिनीसहित तीन जनाविरूद्ध आज विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको छ ।

उनीहरूलाई नदीजन्य पदार्थको बिक्री आदेशको म्याद थप तथा बिक्री आदेश दिने प्रयोजनका लागि सेवाग्राहीसँग ५० हजार रूपैयाँ घुस लिँदै गरेको अवस्थामा केही दिनपहिले पक्राउ गरिएको आयोगका प्रवक्ता भोला दाहालले बताए ।

आयोगले प्रमुख प्रशासकीय अधिकृत मरासिनी, वडा नं. ७ का वडाअध्यक्ष भीमबहादुर यादव र विचौलिया विनोद भरलाई समान बिगो माग गर्दै आज विशेष अदालतमा मुद्दा दायर गरिएको आयोगले जनाएको छ । 

०७९ चैत १६ गते अधिकृत अनन्तपाणी मरासिनी र वडाअध्यक्ष भीम बहादुर यादवले उत्खनन् गरी घाटगद्दीमा रहेको नदीजन्य पदार्थको बिक्री आदेशको म्याद थप तथा बिक्री आदेश दिने प्रयोजनको लागि सेवाग्राहीसँग ५० हजार घुस मागेको उजुरीका आधारमा अख्तियारको बुटवल कार्यालयबाट टोलीले उनीहरुलाई पक्राउ गरेको थियो ।