Monday, June 09, 2025

२०८२ जेष्ठ २७, सोमबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

एनपीएल फाइनलः सुदूरपश्चिम रोयल्सले पहिला ब्याटिङ गर्ने


एनपीएल फाइनलः सुदूरपश्चिम रोयल्सले पहिला ब्याटिङ गर्ने

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को फाइनल खेलमा सुदूरपश्चिम रोयल्सले पहिला ब्याटिङ गर्ने भएको छ । टीयु क्रिकेट मैदानमा जनकपुरविरुद्ध सुदूरपश्चिमले टस जितेर पहिला ब्याटिङ गर्ने भएको हो ।

सुदूरपश्चिमको कप्तानी दीपेन्द्रसिंह ऐरी र जनकपुरको कप्तानी आशिफ शेखले सम्हाल्ने छन् । यसअघिको दुई भेटमा सुदूरपश्चिमले जनकपुरलाई पराजित गरेको थियो । पहिलो संस्करणको विजेता टोलीले ट्रफीसहित १ करोड १० लाख रुपैयाँ पाउनेछ । उपविजेताले ५१ लाख प्राप्त गर्नेछ ।