काठमाडौं । गृहमन्त्री रमेश लेखकले काठमाण्डौको तीनकुने पुगेर राजावादी समूहले हिजो गरेको तोडफोडको अनुगमन गरेका छन् । प्रदर्शनको क्रममा राजावादीहरूले विभिन्न भवन, पार्टी कार्यालय र गाडीमा आगजनी गरेका थिए । प्रदर्शन हिंसात्मक हुँदा पत्रकारसहित दुई जनाको ज्यान गएको थियो ।
यस्तै समाजवादी मोर्चाका नेताहरू आज बिहान आलोकनगरमा रहेको नेकपा (एकीकृत समाजवादी)को केन्द्रीय कार्यालयमा भएको क्षतिको अनुगमनका लागि पुगेको थियो ।
अनुगमनमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपाका महासचिव नेत्र विक्रम चन्द ‘विप्लव’, नेपाल समाजवादी पार्टी (नेसपा) का अध्यक्ष महिन्द्र राय यादवसहित एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाललगायतका नेताहरूको उपस्थिति थियो ।
मोर्चाले नेकपा एसको पार्टी कार्यालयमा भएको तोडफोडको भर्त्सनासमेत गरेको छ । साथै आपराधिक क्रियाकलापमा संलग्नलाई कारबाही गर्न सरकारसँग माग गरिएको छ ।