Thursday, October 16, 2025

२०८२ आश्विन ३०, बिहीबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

सेयर बजारमा हालसम्मकै सर्वाधिक कारोबार, परिसूचक ३० महिनाकै उच्च विन्दुमा


सेयर बजारमा हालसम्मकै सर्वाधिक कारोबार, परिसूचक ३० महिनाकै उच्च विन्दुमा

काठमाडौं । सेयर बजारमा हुने दैनिक कारोबार रकममा फेरि एकपटक नयाँ रेकर्ड बनेको छ। यसअघि गत मंगलबार २३ अर्ब ५० करोडको कारोबार भएर ऐतिहासिक रेकर्ड कायम गरेकोमा त्यो रेकर्ड समेत तोडिएको हो।

आइतबार २५ अर्ब ७७ करोड रूपैयाँको सेयर कारोबार भएको छ। कारोबार मात्रै होइन सेयर बजार परिसूचक ३० महिनाकै उच्च विन्दुमा आइपुगेको छ। नेप्सेले २८ सयको मनोवैज्ञानिक प्रतिरोध पार गरेसँगै ३० महिनाकै उच्च विन्दुमा आइपुगेको हो।

नेप्से एकैदिन ९४.५३ अंकले बढेर २८६०.९१ विन्दुमा आइपुगेको हो। यसअघि नेप्से २०७८ माघ २० गते २८७६.७४ विन्दुमा थियो। गत सातादेखि नेप्सेले २८ सयमा कडा प्रतिरोध पाइरहेको थियो।

यो प्रतिरोध पार गरेसँगै बजार थप बढ्ने लगानीकर्ताहरूको अनुमान छ। यसदिन ३३० वटा धितोपत्रको छ करोड तीन लाख २१ हजार ३२३ कित्ता सेयर किनबेच भएको हो।

आइतबार २२५ कम्पनीको सेयर मूल्य बढेको छ भने १५ वटाको घटेको छ। यस्तै दुई कम्पनीको मूल्य स्थिर रहेको छ।