Sunday, June 01, 2025

२०८२ जेष्ठ १९, आईतवार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

भरतपुर अस्पतालमा प्लाष्टिकका झोलामा प्रतिबन्ध


भरतपुर अस्पतालमा प्लाष्टिकका झोलामा प्रतिबन्ध

चितवन । भरतपुर अस्पतालले प्लाष्टिकका झोलामा प्रतिबन्ध लगाएको छ । अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा। कृष्णप्रसाद पौडेलका अनुसार अस्पतालको फार्मेसी र अस्पतालभित्रका खाजा घरमा पनि प्लाष्टिकका झोला प्रयोगमा रोक लगाइएको हो । फार्मेसीमा औषधि दिँदा र खाजाघरमा कागजको झोलाको प्रयोग भइरहेको छ ।

अस्पतालमा बिरामी भेट्न आउँदा कागजका झोला र कपडाका झोला प्रयोग गर्न अस्पतालले बिरामीका आफन्तहरुलाई आग्रह गरेको छ । अस्पतालले कुनै पनि कार्यक्रममा प्लाष्टिकका सामग्रीको प्रयोग नगर्ने उनको भनाई छ । प्लाष्टिकका झोलाले वातावरणलाई हानि गर्ने भएकाले प्रयोगमा रोक लगाइएको हो ।