Monday, June 09, 2025

२०८२ जेष्ठ २७, सोमबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

सुदूरपश्चिमले लुम्बिनीलाई दियो १८८ रनको लक्ष्य


सुदूरपश्चिमले लुम्बिनीलाई दियो १८८ रनको लक्ष्य

काठमाडौं । सैफ जैबको सानदार ब्याटिङमा सुदूरपश्चिमले नेपाल प्रिमियर लिग (एनपीएल)मा लुम्बिनी लायन्सलाई १८८ रनको लक्ष्य दिएको छ । टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १८७ रन बनाएको हो ।

ओपनर जैबले ६१ बल खेल्दै ६ चौका र ५ छक्का मदतमा सर्वाधिक ९० रन बनाए । शतकतर्फ अग्रसर भएका जैब १८औं ओभरको चौथो बलमा आउट भए । उनले पहिलो विकेटका लागि विनोद भण्डारीसँग ४९ रनको साझेदारी गरेका थिए भने त्यसपछि दुई अर्धशतकिय साझेदारी गरे ।

जैब र ब्राण्डन म्याकमुलेनले दोस्रो विकेटका लागि ५७ रनको साझेदारी गरे । यस्तै तेस्रो विकेटका लागि जैब र कप्तान दीपेन्द्र सिंह ऐरीले ५३ रनको साझेदारी गरे । म्याकमुलेनले २० बलमा २३ तथा विनोदले १३ बलमा १७ रन जोडे । आरिफ शेख खाता नखोली आउट भए ।

कप्तान दीपेन्द्रले १९ बल खेल्दै ४ चौका र २ छक्का मदतमा अविजित ३९ रन बनाए । स्कट कुगेलेइन ११ रनमा अविजित रहे भने बलिङमा लुम्बिनीका लागि रामोन सिमोण्ड्सले ४ ओभरमा ३२ रन खर्चेर २ विकेट लिए । कप्तान रोहित पौडेल र विवेक यादवले १-१ विकेट लिए ।

पहिले ब्याटिङ गर्दै बनेको यो दोस्रो ठूलो स्कोर हो । यसअघि लुम्बिनी लायन्सले पहिले ब्याटिङ गर्दै विराटनगर किंग्स विरुद्ध १९१ रन बनाएको थियो ।