Thursday, July 03, 2025

२०८२ असार १९, बिहीबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

bdmh4567@gmail.com

ललितपुरमा भदौ २० देखि २४ गतेसम्म महिला उद्यमी मेला सञ्चालन हुँदै


ललितपुरमा भदौ २० देखि २४ गतेसम्म महिला उद्यमी मेला सञ्चालन हुँदै

काठमाडौं, भदौ १५ । साना तथा मझौला व्यवसायी महासङ्घ नेपालले महिला उद्यमी मेला–२०८० सञ्चालन गर्ने भएको छ । शुक्रबार महासङ्घले काठमाडौंमा पत्रकार सम्मेलन गर्दै भदौ २० गतेदेखि २४ गतेसम्म ललितपुर पुल्चोकस्थित याक प्यालेसमा महिला उद्यमी मेला–२०८० गर्ने बताएको हो । महासंघले महिलाहरुले उत्पादित सामग्री प्रवर्द्धन तथा विकास गर्ने उद्देश्यले महिला उद्यमी मेला–२०८० गर्ने लागेको बताए ।

पत्रकार सम्मेलनमा महासङ्घका महासचिव कुमार भुजेलले एक घर एक व्यवसायप्रति प्रतिबद्ध साना तथा मझौला व्यवसायीहरुलाई एकीकृत रुपले एकताबद्ध गराउने उद्देश्य रहेको बताए । महासचिव भुजेलले साना तथा मझौला उद्यमीहरुको मुलुकभर सञ्जाल विस्तार गरी उद्यमशीलता र बहुआयामिक उत्पादनहरुको विकास र प्रवर्द्धनका निम्ति सहजिकरण गर्ने उद्देश्यले पाँच दिने महिला उद्यमी मेला आयोजना गर्न लागिएको बताए।

उनले मेलामा महिला उद्यमीहरुले उत्पादन गरेका हस्तनिर्मित सामानहरु हस्तकला, लत्ताकपडा, कस्मेटिक सामग्री, दैनिक उपभोग्य सामानहरु, खाद्यान्न सामग्री, नर्सरी तथा फलफूल, कृषिजन्य उत्पादन, काष्ठजन्य घर सजावटका सामग्री, विभिन्न आर्टहरु प्रदर्शनीमा राखिने बताए । महासचिव भुजेलले प्रदर्शनीमा ७० वटा स्टल राखिने बताए। उनले महिला उद्यमी मेलामा १० हजारले अवलोकन गर्ने अपेक्षा रहेको बताए । मेलामा ५० लाखसम्म कारोबार हुने अपेक्षा पनि सञ्चालकको छ ।