Monday, June 02, 2025

२०८२ जेष्ठ २०, सोमबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

विदेशी मुद्राको विनिमय दर निर्धारण


विदेशी मुद्राको विनिमय दर निर्धारण

काठमाडौं । नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर एक सय ३५ रूपियाँ २८ पैसा र बिक्रीदर एक सय ३५ रूपियाँ ८८ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिददर एक सय ४२ रूपियाँ ३९ पैसा र बिक्रीदर एक सय ४३ रूपियाँ दुई पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर एक सय ७२ रूपियाँ सात पैसा र बिक्रीदर एक सय ७२ रूपियाँ ८३ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर एक सय ५३ रूपियाँ एक पैसा र बिक्रीदर एक सय ५३ रूपियाँ ६९ पैसा कायम गरिएको छ ।

अस्ट्रेलियन डलर एकको खरिददर ८७ रूपियाँ सात पैसा र बिक्रीदर ८७ रूपियाँ ४५ पैसा, क्यानेडियन डलर एकको खरिददर ९६ रूपियाँ २३ पैसा र बिक्रीदर ९६ रूपियाँ ६५ पैसा, सिङ्गापुर डलर एकको खरिदार एक सय रूपियाँ ८५ पैसा र बिक्रीदर एक सय एक रूपियाँ २९ पैसा निर्धारण गरिएको छ । जापानी येन १० को खरिददर नौ रूपियाँ एक पैसा र बिक्रीदर नौ रूपियाँ पाँच पैसा, चिनियाँ युआन एकको खरिददर १८ रूपियाँ ६२ पैसा र बिक्रीदर १८ रूपियाँ ७० पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रूपियाँ र बिक्रीदर ३६ रूपियाँ १६ पैसा, कतारी रियाल एकको खरिददर ३७ रूपियाँ ११ पैसा र बिक्रीदर ३७ रूपियाँ २७ पैसा कायम भएको छ ।

केन्द्रीय बैंकका अनुसार थाइ भाट एकको खरिददर तीन रूपियाँ ९६ पैसा र बिक्रीदर तीन रूपियाँ ९८ पैसा, युएई दिराम एकको खरिददर ३६ रूपियाँ ८३ पैसा र बिक्रीदर ३६ रूपियाँ ९९ पैसा, मलेसियन रिङ्गेट एकको खरिदर ३० रूपियाँ ३५ पैसा र बिक्रीदर ३० रूपियाँ ६९ पैसा, साउथ कोरियन वन एक सयको खरिदर नौ रूपियाँ ५४ पैसा र बिक्रीदर नौ रूपियाँ ५८ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १२ रूपियाँ ३७ पैसा र बिक्रीदर १२ रूपियाँ ४२ पैसा र डेनिस क्रोनर एकको खरिददर १९ रूपियाँ नौ पैसा र बिक्रीदर १९ रूपियाँ १८ पैसा तोकिएको छ ।

राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १७ रूपियाँ ३८ पैसा र बिक्रीदर १७ रूपियाँ ४६ पैसा, कुवेती दिनार एकको खरिददर चार सय ३९ रूपियाँ ९८ पैसा र बिक्रीदर चार सय ४१ रूपियाँ ९३ पैसा, बहराइन दिनार एकको खरिददर तीन सय ५८ रूपियाँ ७७ पैसा र बिक्रीदर तीन सय ६० रूपियाँ ३६ पैसा, ओमानी रियाल एकको खरिददर तीन सय ५१ रूपियाँ ३७ पैसा र बिक्रीदर तीन सय ५२ रूपियाँ ९३ पैसा तथा भारतीय रूपियाँ एक सयको खरिददर एक सय ६० रूपियाँ र बिक्रीदर एक सय ६० रूपियाँ १५ पैसा तोकेको छ ।

राष्ट्र बैंकले यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।