Monday, June 02, 2025

२०८२ जेष्ठ २०, सोमबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

खुम्बु पासाङल्हामु गाउँपालिका सगरमाथा क्षेत्र प्रवेशमा पर्यटकसँग लिने शुल्क बृद्धि गर्यो


खुम्बु पासाङल्हामु गाउँपालिका सगरमाथा क्षेत्र प्रवेशमा पर्यटकसँग लिने शुल्क बृद्धि गर्यो

काठमाडौं । खुम्बु पासाङल्हामु गाउँपालिकाले सगरमाथा क्षेत्र प्रवेशमा पर्यटकसँग लिने शुल्क बृद्धि गरेको छ । खुम्बु पासाङल्हामु गाउँपालिकाले चालु आर्थिक वर्ष २०८१÷८२ बाट लागु हुने गरी पर्यटक शुल्क बढाएको हो । यसअघि सबै पर्यटकसँग प्रतिव्यक्ति २ हजार रुपैयाँ लिने गरेकोमा अब सार्क र चीनबाहेक देशका नागरिकसँग लिइने शुल्क ३ हजार रुपैयाँ पुर्‍याइएको छ । सार्क क्षेत्र र चिनियाँसँग लिने शुल्क भने २ हजार रुपैयाँ यथावत छ । गाउँपालिकाको आर्थिक ऐन २०८१ को अनुसूची १३ अनुसार उक्त शूल्क कायम गरिएको गाउँपालिकाले जनाएको छ । यो गाउँपालिका भ्रमण गर्ने विदेशी नागरिकसँग गाउँपालिका स्थापना भएयता नै २ हजार शुल्क कायम गरिएको थियो । स्थानीय तहले कूटनीतिक विशिष्ट व्यक्ति र १० वर्ष मुनिका बालबालिकालाई भने कागजातका आधारमा निःशुल्क प्रवेश दिइने गाउँपालिकाको निर्णय छ ।