Tuesday, September 02, 2025

२०८२ भाद्र १७, मंगलवार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

सहकारी ठगी सम्बन्धी संसदीय समितिद्धारा प्रतिवेदन तयार, पार्टी भन्दामाथि उठेर तथ्यमा निर्णय भएको सभापति थापाको भनाई


सहकारी ठगी सम्बन्धी संसदीय समितिद्धारा प्रतिवेदन तयार, पार्टी भन्दामाथि उठेर तथ्यमा निर्णय भएको सभापति थापाको भनाई

काठमाडौँ — सहकारी ठगी सम्बन्धी संसदीय छानबिन विशेष समितिले प्रतिवेदन तयार गरेको छ । तयार प्रतिवेदन प्रतिनिधिसभा बैठकमा पेस हुने स्रोतले बतायो । समिति सभापति सूर्य थापाले पार्टी भन्दामाथि उठेर तथ्यमा आधारित प्रतिवेदन बनाइएको जानकारी दिए । बैठकको अन्त्यमा प्रतिवेदनबारे जानकारी दिँदै सभापति थापाले ६६ वटा बैठक गरिएको र उक्त बैठकमा पीडितदेखि प्रधानमन्त्रीसम्मलाई बोलाएर छलफल गरिएको बताए ।

प्रतिवेदनमा दोषीहरूलाई कारबाही र अपराधका भागिदार बनाउने सुझाव निष्कर्ष र सिफारिस रहेको थापाले बताए । प्रतिवेदन १८ परिच्छेदमा छ । छानबिन समितिको प्रतिवेदनलाई अन्तिम रूप दिन आइतबार बिहान १० बजे सुरु भएको बैठक राति पौने ३ बजेसम्म चलेको थियो । करिब १७ घण्टाको छलफलपछि बैठक सहमतिमा सकिएको थियो । प्रतिवदेनलाई अन्तिम रुप दिन र हस्ताक्षर गर्न आज सोमबार बैठक बसेको थियो । स्रोतका अनुसार गोर्खा मिडिया नेटवर्कका तत्कालीन प्रबन्ध निर्देशक, पूर्वगृहमन्त्री तथा रास्वपा सभापति रवि लामिछानेसहितलाई दोषी ठहर गर्दै प्रतिवेदन पारित भएको बुझीएको  छ ।