Sunday, June 08, 2025

२०८२ जेष्ठ २६, आईतवार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

थिमिमा मध्यपुर महोत्सव सुरु


थिमिमा मध्यपुर महोत्सव सुरु

भक्तपुर । भक्तपुरको ऐतिहासिक नगरी मध्यपुर थिमिमा शुक्रबारदेखि मध्यपुर महोत्सव सुरु भएको छ । मध्यपुर थिमि नगरपालिकाको आयोजनामा सुरु महोत्सव तीन दिनसम्म मध्यपुर नगरका विभिन्न स्थानमा सञ्चालन हुनेछन् ।

महोत्सवमा मध्यपुरथिमिको पहिचान झल्काउने सांस्कृतिक प्रस्तुतिका साथै स्थानीय पेशा, व्यवसाय, मौलिक उत्पादन, हस्तकला, माटोका भाँडालगायत प्रदर्शन गरिएको मध्यपुर थिमि नगरपालिकाका प्रमुख एवं मध्यपुर महोत्सव मूल समारोह समितिले जनाएको छ ।

थिमि शंखधरचोकदेखि नगदेश र बोडे हुँदै तिगनीको नीलवाराहीसम्मका ऐतिहासिक बस्तीक्षेत्रलाई प्रदर्शनी स्थलको रूपमा प्रस्तुत गरिएको छ । महोत्सवका क्रममा नगरका विभिन्न स्थानमा करिव ४ सय स्टल रहेको छ ।